PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन : अमेरिकामा गरिएको परीक्षणमा पाइयो 'सुरक्षित'



अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन : अमेरिकामा गरिएको परीक्षणमा पाइयो 'सुरक्षित'
Photo : Reuters

अमेरिकामा अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन परीक्षणका क्रममा सुरक्षित भएको पाइएको छ। उक्त भ्याक्सिनको प्रयोगलाई लिएर विभिन्न शंकाहरु उत्पन्न भइरहँदा अमेरिकामा भने भ्याक्सिनको नतिजा सकारात्मक देखिएको हो।

अमेरिकामा उक्त भ्याक्सिनको परीक्षणमा करिब ३२ हजार व्यक्ति सहभागी भएका थिए। पेरु र चिलीमा समेत भ्याक्सिनको ट्रायल भएको थियो। परीक्षणमा लक्षणसहितको कोभिड १९ विरुद्ध यो भ्याक्सिन ७९ प्रतिशत प्रभावकारी देखिएको हो। यस्तै, संक्रमणका कारण व्यक्तीलाई गम्भीर बिरामी हुनबाट रोक्न भ्याक्सिन १०० प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ।

रगत जम्न जस्ता कुनै खतरा भ्याक्सिनबाट नभएको बताइएको छ।

युरोपमा केही समय लगाउन रोकिएको उक्त भ्याक्सिन फेरि प्रयोगमा आइसकेको छ। विश्व स्वास्थ्य संगठनले भ्याक्सिन सुरक्षित भएको भन्दै भ्रममा नपर्न आग्रह गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell