अस्ट्रेलियाको न्यू साउथ वेल्समा बाढीका कारण हजारौं व्यक्तिलाई स्थानान्तरण गरिएको छ। बीबीसीका अनुसार करिब १८ हजार जनालाई उद्धार गरि सुरक्षित स्थानमा पुर्याइएको छ।
केही दिनदेखि सिड्नी र क्विन्सल्यान्डमा अत्याधिक वर्षा भएसँगै नदीमा पानीको बहाब बढेको हो। जसकारण शहरी क्षेत्र डुबानमा परेको छ। दशकौंपछि अस्ट्रेलियामा बाढीको यस्तो प्रकोप देखिएको अधिकारीहरुले बताएका छन्।
बाढीका कारण विस्थापित हुन पुगेकाहरुलाई अस्ट्रेलियन सरकारले आर्थिक सहयोग गर्ने घोषणा गरिसकेको छ।
अहिलेपनि घरमा फसिरहेकाहरुको उद्धारको काम भइरहेको छ। अस्ट्रेलियाको मौसम विभागले 'असाधरण वर्षा' का कारण अहिलेको परिस्थिति सिर्जना भएको भन्दै बाढी प्रभावित क्षेत्रमा रहेका मानिसहरुलाई सतर्क रहन आग्रह गरेको छ।