भारतमा ६७ औँ 'नेशनल फिल्म अवार्ड' का विजेताहरुको घोषणा गरिएको छ। सन् २०१९ मा प्रदर्शनीमा आएका फिल्महरु मध्ये सरकारको तर्फबाट उत्कृष्ट फिल्म र अभिनेता/ अभिनेत्रीलाई सम्मान गरिने भएको हो।
यसपटक नितेश तिवारी निर्देशित सुशान्त सिंह राजपूत र श्रद्धा कपूर अभिनित फिल्म 'छिछोरे' ले उत्कृष्ट हिन्दी फिल्मको अवार्ड पाएको छ। कंगना रनौतलाई फिल्म 'मणिकर्णिका' र 'पंगा' को लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको छ। यसअघि पनि कगंनाले २००८,२०१४ र २०१५ मा पनि नेशनल अर्वाड जितिसकेकी छिन्।
बलिउड अभिनेता मनोज बाजपेयी र दक्षिण भारतीय अभिनेता बेनकटेश प्रभु कस्तुरी राजा 'धनुष'लाई संयुक्त रुपमा ‘उत्कृष्ट नायक’को अवार्ड प्रदान गरिने भएको छ।
'हु किल्ड शास्त्री' बाट पल्लवी जोशीले ‘उत्कृष्ट सह–नायिका’को अर्वाड पाएकी छिन् भने 'सुपर डिलक्स' बाट विजय सेतुपथीले उत्कृष्ट ‘सह–नायक’को अवार्ड जितेका छन्।
विजेताहरुलाई एक कार्यक्रमबिच भारतका राष्ट्रपति रामनाथ कोविन्दले अवार्ड प्रदान गर्नेछन्।