PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

नेपाल समूहले पनि ओलीलाई स्पष्टीकरण सोध्ने, रावलले भने : ओली बाह्य हस्तक्षेपको तानाबाना बुनेर हिँडेका छन्



नेपाल समूहले पनि ओलीलाई स्पष्टीकरण सोध्ने, रावलले भने : ओली बाह्य हस्तक्षेपको तानाबाना बुनेर हिँडेका छन्

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै स्पष्टीकरण सोध्ने बताएका छन्।

ओली पक्षको भेलाले नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। ओलीले विधान संशोधन गरेर आफूहरुलाई स्प्षटिकरण सोध्ने अधिकार नै नभएको दाबी गर्दै आइरहेको नेपाल समूहले ओलीलाई नै घेर्ने तयारी गरेको छ।

नेता रावलले एमसीसी, संसद विघटन लगायतको मुद्दामा ओली पक्षलाई स्पष्टीकरण सोध्ने बताएका हुन्।   

माधवकुमार नेपाल पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको भेला प्रज्ञा प्रतिष्ठानमा भइरहेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बाह्य हस्तक्षेपको तानाबाना बुनेर हिँडेका ओलीलाई रोक्न आफूहरु अगाडी बढेको समेत बताए।

उनले माओवादी केन्द्रसँग एकतापछि बनेको एकीकृत पार्टी फुटाएर त्यसपछि फेरि माओवादी र एमाले नै फुटाउने दाउ ओलीले खेलेको आरोप समेत लगाए।

'ओलीलाई भारतसँग मिलेर हटाउने कोही पनि थिएन। त्यो ओलीको काल्पनिक कुरा हो' रावलले भने।

आफूहरुले ओलीलाई 'नेता को हो ?' भनेको तर ओलीले उत्तर नदिएपछि स्थायी कमिटीमा अध्यक्ष र प्रधामन्त्री पद छोडनुस भनेर भनेको रावलले बताए।

'बैठकमा आएन भनेर स्पष्टीकरण सोध्नु लाज मान्नु पर्ने हो। स्थायी कमिटीको निर्णय नमानेर निर्लज्ज भएको व्यक्तिले अरुलाई स्पष्टीकरण सोध्ने अधिकार कहाँबाट आयो?' उनले प्रश्न गरे।

रावलले ओलीले विधान मिचेको आरोप समेत लगाए। ओलीलाई विधान संशोधन गर्ने अधिकार नै नभएको दाबी गर्दै उनले एमालेमा सदस्य नभएका व्यक्ति, मन्त्री बन्न लागेका अवसरवादीहरुलाई केन्द्रीय सदस्य बनाएर विधन मिचिएको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell