PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

थ्री नेसन्स कप : कीर्गिस्तानको आत्मघाती गोल, बंगलादेश १-० ले अगाडि



थ्री नेसन्स कप : कीर्गिस्तानको आत्मघाती गोल, बंगलादेश १-० ले अगाडि

काठमाडौं : कोरोना कहरको चुनौतीबिच दशरथ रंगशालमा थ्री नेसन्स कप सुरु भएको छ। ४६९ दिन पछि दशरथ रंगशालमा फुटबल खेल आयोजना भइरहेको हो।

आज हुँदै गरेको पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्दैछन्। खेलको पहिलो हाफसम्म बंगलादेश १-० गोल अन्तरले अगाडि रहेको छ। कीर्गिस्तानको खेलाडीले आत्‍मघाती गोल गरेपछि बंगलादेशले अग्रता कायम गरेको हो।

खेलको २९ औँ मिनेटमा कुमारबाज उलु बाइएमानले आत्मघाती गोल गर्दा कीर्गिस्तान पछि परेको छ। साद उड्डेनको क्रसलाई क्लियर गर्न खोज्दा उनले आफ्नै पोस्टमा गोल गर्न पुगे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell