PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतमा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या पनि बढ्दै



भारतमा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या पनि बढ्दै
Photo : Xinhua

भारतमा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार बिहानसम्म थप ४७ हजार २६२ जनामा संक्रमण देखिएको हो। यससँगै भारतमा १ करोड १७ लाख ३४ हजार ५८ जनामा संक्रमण देखिएको छ।

यस्तै, भारतभर १ लाख ६० हजार ४४१ जनाको संक्रमणका कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामामात्रै २७५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हाल भारतमा ३ लाख ६८ हजार ४५७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

भारतको महाराष्ट्र, पंजाब, कर्नाटक. गुजरात र मध्यप्रदेशमा फेरि कोरोना संक्रमणको दर बढ्दै गएको छ। कतिपय जिल्लामा फेरि लकडाउन गरिएको छ। केही क्षेत्रको संचालनमा प्रतिबन्ध लगाइएको छ। संक्रमण बढ्दै जाँदा केन्द्र र राज्य सरकारले स्वास्थ्य प्रोटोकल पालना गर्न सार्वजनिक अपिल जारी गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell