PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सुरक्षाकर्मीले चलाएको गोली लागेर म्यानमारमा ७ वर्षीया बालिकाको मृत्यु



सुरक्षाकर्मीले चलाएको गोली लागेर म्यानमारमा ७ वर्षीया बालिकाको मृत्यु
Photo : Reuters

म्यानमारमा सैनिक जवानले प्रहार गरेको गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ। सेनाले बालिकाको बुवामाथि गोली चलाएको तर गोली भने बालिकालाई लागेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। बालिकाको १९ वर्षीया दाइलाई पनि नियन्त्रणमा लिइएको परिवारले जनाएको छ।

माघ १९ गते सेनाले 'कू' गरेपछि दैनिक सैन्य सरकारविरुद्ध आन्दोलन भइरहेको छ। प्रहरी र प्रदर्शनकारीबिच दिनहुँ झडप हुने र सुरक्षाकर्मीहरुले अत्याधिक बल प्रयोग गर्ने गरेको बताइएको छ।

यसैक्रममा मनडाले क्षेत्रमा प्रहरीको गोली लागेर बालिकाको मृत्यु भएको हो। सेभ द चिल्ड्रेनका अनुसार हालसम्म म्यानमारमा करिब २० बालबालिकाको मृत्यु भइसकेको छ।

सैन्य कू पछि प्रदर्शनका क्रममा म्यानमारमा १६४ जनाको मृत्यु भइसकेको सेनाले जनाएको छ। अधिकारवादी संस्थाहरुले भने २६० भन्दा बढीको मृत्यु भइसकेको दाबी गरेको छ। सेनाले भने बालिकाको मृत्यु भएको बारेमा केही सार्वजनिक गरेको छैन। 

सेनाले प्रदर्शनकारीहरुको मृत्यु भएकोमा दु:ख जनाएको छ। तर, प्रदर्शनकारीहरुले देशमा अराजकता फैलाउने प्रयास गरिरहेको आरोप पनि सेनाले लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell