PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रधानमन्त्रीका सल्लाहकार दुगडका आफन्तको घरमा सर्ने भयो एमालेको पार्टी कार्यालय, 'घर भाडा पार्टीले जति तिर्न सक्छ त्यति नै'



प्रधानमन्त्रीका सल्लाहकार दुगडका आफन्तको घरमा सर्ने भयो एमालेको पार्टी कार्यालय, 'घर भाडा पार्टीले जति तिर्न सक्छ त्यति नै'

काठमाडौं : नेकपा एमालको पार्टी कार्यालय धुम्वाराहीबाट थापाथली हाइटमा सर्ने भएको छ। पार्टी कार्यालयको नयाँ भवनको बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन समेत गरेका छन्।

पार्टी कार्यालयको अवलोकन गरेपछि ओलीले भवन आफूलाई मन परेको प्रतिक्रिया दिएको कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालले जानकारी दिइन।

'हामी चाँडै यो घरमा सर्दै छौं। पार्टी कार्यालय हुन्छ भन्ने निधो भएपछि मात्रै प्रधानमन्त्री निरीक्षणमा आउनुभएको हो,' उनले भनिन्।

थापाथली पुगेर ओलीले भवनको सबै कोठाको निरीक्षण गरेको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए। बैशाख १ गते कार्यालय थापाथली सार्ने एमालेको तयारी छ।

कस्तो छ भाडाको घर?

थापाथली हाइटस्थित उमंग मार्गमा रहेको एमालेको पार्टी कार्यालय बनाउन लागिएको घर ४ रोपनि क्षेत्रफलमा बनेको छ। साढे दुई तले घरमा १६ वटा कोठा रहेका छन्। कम्पाउण्डमा २५ वटा गाडी पार्किङ गर्न मिल्ने क्षेत्रफल छ।

एमालेको मुख्यालय रहने घर प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रहेका एमालेका सांसद तथा उद्योपति मोतिलाल दुगडका आफन्तको हो। दुगडले आफ्ना आफन्त पर्ने सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको बताए। सम्झौता भइसकेको भए पनि भाडाभने पार्टीले तिर्न सक्ने जति मात्रै लिने उनको भनाई छ।

'पार्टीले अफोर्ड गर्ने जति मात्रै भाडा लिनुहुन्छ,' उनले भने।

उनले सिंहदरवारबाट र अरु ठाउँहरुबाट पनि पायक पर्ने भएकाले उक्त घरलाई पार्टीले आफ्नो केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको बताए।

'सिंहदरवारबाट पनि नजिक छ। बालुवाटारबाट पनि त्यति टाढा पर्दैन र अरु ठाउँबाट पनि काठमाडौंको सेन्टरमा भएकाले पार्टीले उक्त घरलाई छानेको हो,' उनले भने।

दुगडका अनुसार एमालेले ५ वर्षका लागि अग्रवालसँग सम्झौता गरेको छ।

'धुम्बाराही आउजाउ गर्न कठिन'

दुगडका आफन्त अग्रवालको घरमा यसअघि संयुक्त राष्ट्रसंघको कार्यालय रहेको थियो। उक्त घरमा पहिला अग्रवाल परिवार नै बसिरहेको भए पनि पछि आग्रवाल परिवारले उक्त घरलाई भाडामा लगाएको थियो।

कार्यालय सचिव रिजालका अनुसार चक्रपथ विस्तारका क्रममा धुम्बाराही कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले पार्टी मुख्यालय थापाथलीमा सार्न लागिएको हो।

'चक्रपथ विस्तारका क्रममा धुलोधुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ,'उनले भने।

वि सं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई पार्टी मुख्यालय सञ्चालन गरेको थियो। प्रतिष्ठानको भवनलाई पार्टीले मासिक दुई लाख २५ हजार भाडा तिरिँदै आएको थियो।

एमालेले स्थायी कार्यालय भने बल्खुमा नै बनाउने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन वैशाख ९ गते भवनको शिलान्यास गर्ने कार्यक्रम छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell