PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

फोटो स्टोरी : फर्केर हेर्दा लकडाउनको वर्ष दिन

फोटो स्टोरी : फर्केर हेर्दा लकडाउनको वर्ष दिन


कोभिड-१९ संक्रमणको जोखिम बढ्न थालेपछि यसको रोकथामका लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गर्‍यो। लकडाउनपछि जनजीवन असामान्य बन्यो।

मानिसहरु घरबाट निस्कन पाएनन्। किनमेलका लागि निश्चित समय तोकिएको थियो। पसलदेखि व्यापारिक मल बन्द भए। विद्यालयदेखि कलकारखाना बन्द गरिए। अतिआवश्यक सेवाबाहेक सबै सेवाहरु बन्द गरिएको थियो।


सतर्कता अपनाउँदै खाद्यान्न विक्री गरिँदै


अनावश्यक काममा निस्केका मानिसहरुलाई प्रहरीलाई नियन्त्रणमा लिन्थे। उनीहरु घण्टौं सडकमा उभिनुपर्थ्यो। महामारीको अत्यास र कडा नियमले थुनिएका सर्वसाधारणदेखि व्यवसायीहरु चपेटामा परे। उपत्यकाभित्र थुनिएका मानिसहरुको हालत खराब भइसकेको थियो। उनीहरु गाउँ उम्कन चाहन्थे। कति त हिँडेरै गाउँ फर्के भने कति स्थानीय तहको अनुरोधमा सवारी साधनको जोहो गरी गाउँ फर्किए।


लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिँदै प्रहरी


उपत्यका आउन चाहनेहरुलाई पनि प्रवेशमा रोक थियो।

गाउँदेखि सहरमा नचिनेका मानिसहरुलाई प्रवेशमा कडाई गरिएको थियो। यही बेला अन्तर्राष्ट्रिय उडानहरुसमेत बन्द गरियो। यो बिचमा कतिपय अस्पतालहरु एकजनालाई कोरोना संक्रमण देखिँदा पनि सिल गरिएको थियो।


लकडाउनमा ग्यास डेलिभरी गर्न साइकलमा जाँदै 


एक दुई हुँदै नेपालमा मंगलवारसम्म २ लाख ७६ हजार २४४ जनामा कोभिड-१९ पुष्टि भएको छ। जसमध्ये तीन हजार १९ जनाको मृत्यु भयो भने २ लाख ७२ हजार ९७ जना निको भएर घर फर्किसकेका छन्। मंगलवार थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

खोप आउने खबर आएसँगै लकडाउनको मोडालिडी परिवर्तन हुँदै आयो र विस्तारै यो खुकुलो भयो। यो सँगै जनजीवन सामान्य बन्दै गयो।

पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहर शुरु भएको छ। हजारौँ मानिसहरुमा कोरोना पुष्टि भइरहेको छ भने मृत्यु हुनेहरुको संख्यामा पनि दैनिक उल्लेख्य बृद्धि भइरहेको छ। यस्तोमा नेपालमा पनि कोरोनाको दोस्रो लहर शुरु हुन्छ कि भन्ने डर देखिएको छ।

काठमाडौं, ललितपुर, भक्तपुर तथा भारतसँग सीमा जोडिएका केही जिल्लाहरुले पनि भिडभाड हुन नदिन र स्वास्थ्य मापदण्डको पालना गर्न कडाइ गरेका छन्। सीमामा हुने आवतजावतलाई पनि कडाई गर्न शुरु गरिएको छ।

त्यस्तै, आउँदै गरेको होली पर्व तथा नयाँ वर्षमा अनावश्यक भिडभाड हुन नदिन स्थानीय प्रशासनले कडाई गरेका छन्। यसले पनि आम जनमानसमा फेरि लकडाउन हुने हो कि भन्ने आशंका पैदा गरेको छ।

लकडाउनको समयमा देखिएका दृश्यहरु:

कोरोनाको संक्रमण बढेसँगै टोलटोलमा स्यानिटाइज गरिँदै
लकडाउन उल्लंघन गर्दै बाहिर निस्कनेलाई कारवाही स्वरुप सडकमा उभ्याइँदै
कोरोना संक्रमणबाट मृत्यु भएको व्यक्तिको शव व्यवस्थापन गरिँदै
लकडाउनको समयमा काठमाडौंबाट बाहिरिन ट्रकमा चढ्दै यात्रुहरु
लकडाउनका कारण बिचल्लीमा परेकाहरुलाई खुलामञ्चमा खाना खुवाइँदै
इन्फ इज इन्फ प्रोटेस्ट
लकडाउनको समयमा व्हीलचेयरमा यात्रा गर्दै आमाछोरी
चीनको वुहानबाट नेपालीहरुलाई उद्धार गरेर त्रिभुवन विमानस्थल ल्याइँदै
ट्राफिक प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिँदै
पीपीइ सुट लगाएर पसलमा सामान निकाल्दै विक्रेता
लकडाउनको समयमा यात्रा गरिरहेको मोटरसाइकल चालकको परिचय पत्र हेर्दै ट्राफिक प्रहरी
लकडाउनको बेलामा बाँदरलाई खानेकुरा दिँदै महिला
सुनसान पाटन दरबार क्षेत्र
लकडाउनको समयमा काठमाडौंबाट घर फर्किन खोला तर्दै सर्वसाधरण
पीपीइ सुटमा स्वास्थ्यकर्मी
पानीको जोहो गर्दै सर्वसाधरण
पीपीइमा तयार सुरक्षाकर्मी
तरकारी खेतीमा व्यस्त किसान


ट्रेन्डिङ पोस्ट

Ncell