PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

होलीमा भिडभाड हुन नदिने ललितपुर जिल्ला प्रशासनको निर्णय, मास्क नलगाउनेलाई कारवाही गर्ने



होलीमा भिडभाड हुन नदिने ललितपुर जिल्ला प्रशासनको निर्णय, मास्क नलगाउनेलाई कारवाही गर्ने
File Photo

काठमाडौं : ललितपुर जिल्ला प्रशासनले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै होलीको दिन भिडभाड हुन नदिने निर्णय गरेको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ विपत् नियन्त्रण सेन्टरको बैठकले होलीमा भिडभाड हुन नदिने र स्वास्थ्‍य मापदण्ड पालना गराउन कडाइ गर्ने निर्णय गरेको हो।

बैठकले मास्क, स्यानिटाइजर र सामाजिक दुरीको मापदण्डलाई पालना गराउने र मास्क नलगाउनेलाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही गर्ने समेत गराउने भएको छ।

यस्तै, रात्रिकालिन व्यवसायहरु राति ११ बजेसम्ममात्रै संचालन गर्न दिने समेत प्रशासनले जनाएको छ। यसरी व्यवसाय संचालन गर्दा स्वास्थ्य मापदण्डहरु अनिवार्य पालना गर्न समेत भनिएको छ।

कोरोना भाइरसको संक्रमण बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पहिला संचालनमा रहेका क्वारेन्टाइन र आइसोलेसन सेन्टरहरुलाई समेत तयारी अवस्थामा राखिने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell