PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता छैन : प्रकाशमान सिंह



ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता छैन : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन्। बिहिवार बिराटनगर पुगेका नेता सिंहले नेपाल प्रेस युनियनले आयोजना गरेको प्रेस भेटघाटमा ओलीले असंबैधानिक कदम उठाएर नैतिकता गुमाईसकेकाले एक सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका हुन्।

साथै सिंहले नेपाली जनताको लामो समयको सङ्घर्षबाट प्राप्त भएका उपलब्धि माथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेको उल्लेख गर्दै प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको तर्क गरे।

देश विकासका लागि कम्युनिष्टहरुले बहुमत प्राप्त गरे पनि जनाताले अपेक्षा गरेअनुसार सरकारले काम नगरेको नेता सिंहको दाबी थियो। ‘कम्युनिष्टहरुले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन तर कम्युनिष्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउन तर्फ लाग्यो,’ उनले भने।

आन्तरिक भागभण्डा नमिले पछि कम्युनिष्टहरुले देशलाई दुर्घटनातर्फ धकेल्न प्रयास गरेको नेता सिंहको आरोप छ।  कांग्रेस अहिले पनि परिस्थितिलाई सम्हालेर जान तयार रहेको उल्लेख गर्दै सिंहले नैतिकताहीन सरकारलाई माओवादी केन्द्रले समर्थन दिइराख्ने जनता समाझवादीले कुनै प्रस्ट निर्णय नलिने अनि सरकारको विकल्प दिन काँग्रेसले ध्यान दिएन भन्नू कतिको जायज? भनी प्रश्नसमेत गरेका थिए।

नेता सिंह कांग्रेस मोरङका सभापति अशोक कोइरालाप्रति श्रद्धाञ्जली दिन विराटनगर पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell