काठमाडौं : थ्री नेसन्स् कपको दोस्रो खेलमा नेपाल कीर्गिस्तानसँग बराबरीमा रोकिँदा बंगलादेश फाइनल प्रवेश गरेको छ।
दुईपटक पहेंलो कार्ड पाएर कप्तान मैदान बाहिर गएपछि कीर्गिस्तानी टोली १० खेलाडीमा सीमित हुन पुगेको थियो। ६७ मिनेटमा कीर्गीस्तानका कप्तान् तासिभ कमोलिदिनले अभिषेक रिजाललाई फल गरेपछि रेड कार्ड पाउँदै मैदान बाहिरिएका थिए।
शुरु देखि नै आक्रामक प्रस्तुति रहे पनि नेपाली टोलीले कुनै गोल भने गर्न सकेन। नेपालको धेरै प्रयासहरु खेर गएको थियो। १९ औं मिनेटमा अभिषेश रिजालले प्रहार गरेको बल पोलमा ठोक्किएर फर्किएको थियो। यसैगरी ६१ औं र ६२ औं मिनेटमा रजिन धिमालको क्रसमा अन्जन विष्ट चुके।
खेलको अन्तिममा केही समय कीर्गिस्तान टोली चोटका कारण ९ जनामा समेत सीमित बनेको थियो। खेलका क्रममा कीर्गिस्तानी टोलीका धेरै जसो चोटग्रस्त बने।
अब नेपालले बंगलादेशसँग शनिवार भिड्नेछ। उक्त खेलमा बराबरमात्र खेल्न सके भने नेपाल फाइनल प्रवेश गर्नेछ। कीर्गिस्तान यसअघि बंगलादेशसँग पराजित भइसकेकोले नेपाललाई उक्त अवसर मिल्ने भएको हो।