PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ओलीलाई बिदाई गर्ने विषयमा प्रष्ट हुन जसपालाई प्रकाशमानको अपिल, 'नैतिकताहीन सरकारसँग अड्को किन थाप्ने?'



ओलीलाई बिदाई गर्ने विषयमा प्रष्ट हुन जसपालाई प्रकाशमानको अपिल, 'नैतिकताहीन सरकारसँग अड्को किन थाप्ने?'

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनता समाजवादी पार्टीले गलत समयमा सरकारसँग विभिन्न माग राखेको आरोप लगाएका छन्। नेवा समाज लाहानले शुक्रवार सिराहको लाहानमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नैतिकताहीन सरकारसँग माग राखेर गलत समयमा अड्को थापेको बताएका हुन्।

'दुई तिहाईको सरकारलाई समर्थन गर्न आफै जाने। काम केही नगर्ने। फर्केर आएपछि अहिले आफैं गएको सरकारलाई यस्तो बेला के के माग राख्ने?' नेता सिंहले भने, 'हिजो कोही मन्त्री बन्ने कोही सरकारलाई समर्थन दिएर बस्ने दुईतिहाई हुँदा अहिले मुद्दा उठाउने?'

नैतिकताहीन सरकारसित माग पूरा गर भन्नू गलत भएको उल्लेख गर्दै असहज परिस्थितिमा अड्को थाप्ने काम रोकेर जसपाले परिस्थिति अनुसार कदम चल्नसमेत नेता सिंहले आग्रह गरे।

मधेशका जायज माग पूरा गर्न काँग्रेस तयार रहेको भन्दै असहज परिस्थिति जिम्मेवारीबाट यो वा त्यो बहानाबाजी नगरी ओलीलाई बिदाई गर्न प्रस्ट हुन जसपालाई अपिल गरे।

जुन दिन नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ त्यही दिनबाट नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने उल्लेख गर्दै अहिले नै सरकार गठनको खेल शुरु नभएको उनको भनाई थियो। यसका लागि ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनले बताए।

त्यसैगरी नेता सिंहले वर्तमान सरकार थप अधिनायकवाद उन्मुख भएको बताएका छन्। सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको फोटो भिडियो मोबाइलबाट खिच्न रोक भन्ने खबरले नै ओली अधिनायकवादीतिर लम्केको पुष्टि गरेको सिंहको भनाई थियो।

उक्त खबर सुनेर आफूलाई अचम्म लागेको र यदि त्यो समाचार सत्य भए ओलीले कस्तो शासन चाहेका रहेछन् भन्ने कुराको थप पुष्टि भएको प्रकाशमानले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell