PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

दयाहाङ र प्रकृतिको 'बिहे पास' को छायांकन सुरु



दयाहाङ र प्रकृतिको 'बिहे पास' को छायांकन सुरु

फिल्म 'बिहे पास' को छांयाकन आजबाट सुरु भएको छ। फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ।

निर्देशक प्रवेश पौडेलले फिल्मको शुभ मुहर्त गरेको फोटो फेसबुकमा सेयर गर्दै छायांकन सुरु भएको जानकारी दिएका हुन्।

फिल्म 'होस्टेल' बाट चर्चा कमाएकी प्रकृतिले यस फिल्ममार्फत कमब्याक गरेकी हुन्। प्रकृति फिल्मको छायांकनकै लागि  अस्ट्रेलियाबाट नेपाल आएकी हुन्।

रोहित कट्टेलको प्रस्तुति रहेको ‘बिहे पास’मा कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन्। फिल्ममा आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको छ।

सामाजिक र कमेडी जनरामा बन्न लागेको फिल्मको छायांकन विराटनगर तथा पूर्वका जिल्मामा हुनेछ।

बिहे PASS shooting start 😊😊

Posted by Prabesh Poudel on Thursday, March 25, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell