PahiloPost

May 14, 2025 | १ जेठ २०८२

होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतिस्पर्धा, वभनगामाको टोली प्रथम



सुमित मिश्र

होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतिस्पर्धा, वभनगामाको टोली प्रथम

जनकपुरधाम :  मिथिलाञ्चलमा लोप हुँदै गईरहेको जोगिरा गीत (फागु गीत ) लाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले आयोजना गरेको दुई दिवसीय होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा तीन जिल्लाका १० वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा जमुनीवास, बसैहिया, गेरुवाही, वभनगामा युवा क्लव, खर्ताल युवा होली समूह, लादोबेला, विश्वम्भरपुर, मंगलपुर लगायतको होरैया टोलीको सहभागिता रहेको थियो। 

प्रतियोगितामा वभनगामा युवा क्लबको टोली प्रथम पुरस्कार जित्न सफल भएको छ। त्यस्तै दोस्रो पुरस्कार जमुनीवास र तेस्रो पुरस्कार खर्ताल युवा होरी समूह जित्न सफल भएको हो।

जोगिरा गायन प्रतियोगितामा पहिलो हुने टोलीलाई ६ भरीको चाँदीको शिल्ड, दोस्रो हुने टोलीलाई ५ भरिको चाँदीको शिल्ड र तेस्रो हुने टोलीलाई ४ भरिको चाँदीको शिल्ड प्रदान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell