PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

वायु प्रदूषणका कारण आजदेखि चारदिनसम्म शैक्षिक संस्था बन्द, यी स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय



वायु प्रदूषणका कारण आजदेखि चारदिनसम्म शैक्षिक संस्था बन्द, यी स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय

काठमाडौं : देशका अधिकांश क्षेत्रमा वायु प्रदूषण बढैसँगै सरकारले आजबाट चार दिनसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

सरकारको यो निर्णयसँगै आजबाट शुक्रवारसम्म विद्यालय र कलेज बन्द रहनेछन्। त्रिभुवन विश्वविद्यालयले पनि चैत्र २० गतेसम्म सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने जनाइसकेको छ। तय भइसकेको परीक्षा भने संचालन हुनेछन्।  

सोमबार शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको मन्त्री श्रेष्ठले जानकारी दए।

केन्द्र सरकारले सबै विद्यालय बन्द गर्ने निर्णय गर्ने भने पनि केही स्थानीय तहले भने विद्यालय बन्द नगर्ने घोषणा गरेका छन्। प्रदेश १ को विराटनगर महानगरपालिका, रोङ गाउँपालिका र इलाम नगरपालिकाले विद्यालय बन्द नगर्ने भन्दै सूचना निकालेका छन्। यस्तै, गण्डकी प्रदेशको भिमाद नगरपालिकाले समेत विद्यालय बन्द नगर्ने जनाएको छ। कोरोना संक्रमणका कारण भर्खरै विद्यालयहरु संचालन भएको, परीक्षा भइरहेको र आफ्नो क्षेत्रमा वायु प्रदूषण नभएको कारण देखाउँदै यी स्थानीय तहले विद्यालय बन्द नगर्ने जनाएका हुन्।

देशभर ४०० भन्दा बढी स्थानमा डढेलो लागेको र भारतबाट पनि धुलो आउँदा प्रदूषण ह्वात्तै बढेको हो। केही दिनयता काठमाडौं उपत्यकामा तुवाँलो लागिरहेको छ जसकारण स्वास्थ्यमा असर पर्ने सक्ने भन्दै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काममा बाहेक घरबाट बाहिन ननिस्कन आग्रह गरेको छ। घरबाट बाहिर निस्कन परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell