PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पार्टी एकीकरण बदर निर्णय विरुद्ध पुनरवलोकन माग गर्दै सर्वोच्च जाँदै माओवादी केन्द्र



पार्टी एकीकरण बदर निर्णय विरुद्ध पुनरवलोकन माग गर्दै सर्वोच्च जाँदै माओवादी केन्द्र

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकीकरण बदर गरेको निर्णयविरुद्ध माओवादी केन्द्रले पुनरवलोकन निवेदन दिने भएको छ।

आज बिहान ११ बजे माओवादी केन्द्रका नेताहरुले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिने तयारी गरेका हुन्।

सर्वोच्चले नेकपा नाम विवादमा दुई पार्टीबिचको एकता नै अमान्य घोषित गरेको थियो। नेकपा एमाले ब्युँतिएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको सदस्यबाट नै निलम्बन गरेका छन्। भने केही घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई फेरि स्पष्टीकरण सोधेका छन्। यता माओवादी केन्द्रले भने एमाले प्रवेश गरेका गृहमन्त्री राम बहादुर थापा लगायतका नेतालाई स्पष्टीकरण सोधिसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell