PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पार्टी एकीकरण बदर निर्णयविरुद्ध पुनरावलोकन माग गर्दै सर्वोच्च पुगे प्रचण्ड



पार्टी एकीकरण बदर निर्णयविरुद्ध पुनरावलोकन माग गर्दै सर्वोच्च पुगे प्रचण्ड

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकीकरण बदर गरेको निर्णयविरुद्ध पुनरवलोकन निवेदन दिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च पुगेका छन्।

रामशाहपथ स्थित सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिने प्रचण्ड सहित माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल पुगेका हुन्।

सर्वोच्चले नेकपा नाम विवादमा दुई पार्टीबिचको एकता नै अमान्य घोषित गरेको थियो। नेकपा एमाले ब्युँतिएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको सदस्यबाट नै निलम्बन गरेका छन्। साथै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई फेरि स्पष्टिकरण सोधेका छन्। यता माओवादी केन्द्रले भने एमाले प्रवेश गरेका गृहमन्त्री राम बहादुर थापा लगायतका नेतालाई स्पष्टिकरण सोधिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell