PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

माधव झलनाथको निष्कर्ष : ओलीले पार्टी विभाजन गरे, हामी पुरानै अवस्थामा फर्काउँछौँ



माधव झलनाथको निष्कर्ष : ओलीले पार्टी विभाजन गरे, हामी पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ। मंगलवार बसेको स्थायी कमिटीको बैठकले नेकपा एमालेलाई ओलीले विभाजन गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए।

'नेकपा एमाले पूर्ववत अवस्थामा तुल्याएर अगाडि बढ्छौ। ओलीको कार्यको भर्त्सना गर्दै देशभरका कार्यकर्तालाई एकतावद्ध हुन हार्दिक आह्वान गर्दछु,' रावलले भने।

रावलले देशभर एमालेलाई पुरानै अवस्थामा फर्काउने गरी पार्टीका क्रियाकलाप सञ्चालन गर्ने बताए। वरिष्ठ नेता नेपाल र रावललाई ओलीले कारवाहीपछि पहिलोपटक बसेको स्थायी कमिटी बैठकले देशभर ९ औं महाधिवेशनबाट बनेको कमिटीलाई क्रियाशील बनाउने पनि निर्णय गरेको छ। तर, ओली समूहले गुटगत गतिविधि जारी राखेकाले पार्टी विभाजन गर्न सक्ने नेपाल समूहको निचोड छ।

'हामीले संगठित रुपमा एकतावद्ध हुन आह्वान गरेका छौ। ९ औं महाधिवेशपछि बनेका संरचनाहरु संरक्षण गर्नका लागि आह्वनको अर्थ के हो भने महाधिवेशपछि बनेका संरचना क्रियाशिल बनाउने हो। केपी ओली समूहका मान्छेले देशभरी गुटगत क्रियाकलाप गरेकाले। हामीले देशब्यापी रुपमा सशक्त रुपमा संगठन अगाडि बढाउने निर्णय गरेका छौ,' रावलले भने। ओलीले पार्टी विभाजन गरेमा आफूले त्यही अनुसारको रणनीति बनाउने रावलले बताए।

'यसरी हामी पहिलो चरणमा नेकपा एमालेको नीति सिद्दान्त र संगठनको रक्षाको लागि अघी बढ्छौ। भोलि केपी शर्मा ओलीका मानिसहरुले पार्टी फुटाउन चाहेमा हामी त्यसैगरी अघि बढ्छौ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell