PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सर्वोच्चमा निवेदन बुझाएपछि देउवासँग भेट्न प्रचण्ड पुगे बुढानिलकण्ठ, आधा घण्टा कुराकानी



सर्वोच्चमा निवेदन बुझाएपछि देउवासँग भेट्न प्रचण्ड पुगे बुढानिलकण्ठ, आधा घण्टा कुराकानी

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। मंगलवार अपराह्न दुई नेताबीच भेट भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

दुई नेताबीच समसामयिक राजनीतिका बारेमा छलफल भएको थियो। देउवा निवासमा दाहालले आधा घण्टा बिताएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजीका क्रममा पछिल्लोपटक प्रचण्ड सक्रिय रहेका छन्। आजैमात्र प्रचण्ड सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन लिएर पुगेका थिए। प्रचण्डले नेकपा एकता बिथोल्ने सर्वोच्चको फैसला बदर गर्नुपर्ने मागसमेत गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell