PahiloPost

Oct 18, 2024 | २ कात्तिक २०८१

ब्राजिलका तीनै सेनाका प्रमुखले दिए राजीनामा, राष्ट्रपति थप संकटमा



ब्राजिलका तीनै सेनाका प्रमुखले दिए राजीनामा, राष्ट्रपति थप संकटमा
ब्राजिलियन राष्ट्रपति । Photo : Reuters

ब्राजिलका स्थल सेना, नौसेना र वायु सेनाका प्रमुखहरुले राजीनामा दिएका छन्। कोरोना संक्रमण नियन्त्रण गर्न असफल भइ आलोचित भइरहेका ब्राजिलियन राष्ट्रपति जैर बोलसोनारो सैन्य प्रमुखहरुको सामूहिक राजीनामाका कारण थप संकटमा परेका छन्।

जेनरल एडसन लिल पुजोल, एडम् लिक्विज बारबोसा र लेफ्टिनेन्ट बिग्रेडियर एन्टोनियो कार्लोसले राजीनामा दिएका हुन्।

राजनीतिक संकट बढ्दै जाँदा बोलसोनारो सरकारमा रहेका रक्षा मन्त्री फर्नान्डो एजेभेडो डि सिल्भा र विदेश मन्त्री एर्नेस्टो अराउजोले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति आफ्नो मन्त्रिमण्डल पुनर्गठन गर्न बाध्य बनेका थिए। त्यसक्रममा सेना प्रमुखहरुले राष्ट्रपतिको निर्णयहरुमा असहमति जनाउँदै राजीनामा दिएका हुन्।

रक्षा मन्त्री फर्नान्डो र राष्ट्रपतिबिच सेनाको 'वफादारी' लाई लिएर मतभेद हुँदै आएको थियो। राष्ट्रपतिले सैन्य नेतृत्व परिवर्तन गर्ने प्रयास गरेपछि सबै सेना प्रमुखले विरोधमा राजीनामा दिएका हुन्।

ब्राजिलमा कोरोना संक्रमणको दर बढ्दै जाँदा बोलसोनारो सरकार अन्तर्राष्‍ट्रियस्तरमा नै आलोचित बन्दै गएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell