PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भाइरल भिडियोबारे अजय देवगनले भने : कुटाइ खाने व्यक्ति म होइन



भाइरल भिडियोबारे अजय देवगनले भने : कुटाइ खाने व्यक्ति म होइन
Photo : Amarujala

बलिउड अभिनेता अजय देवगनको नाम जोडेर एक भिडियो भाइरल भइरहेको छ। भिडियोमा अजयलाई दिल्लीको एक पबबाहिर मानिसहरुले कुटेको भनि दाबी गरिएको थियो।

सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भए पछि अजयको टिमले उक्त भिडियोमा देखिएको व्यक्ति अजय नभएको जनाएको छ। अजयले पनि ट्विटरमा भिडियो सेयर गर्दै आफुले कुटाइ खाएको कुरा झुटो भएको जानकारी दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन् ‘म जस्तै देखिने मानिस समस्यामा परेका छन्। यो भिडियोलाई लिएर मलाई थुप्रै फोन आइरहेको छ। म स्पष्ट पार्न चाहान्छु कि मैले दिल्लीको यात्रा गरेको छैन। मेरो बारेमा चलिरहेको कुनैपनि विवादमा म समावेश छैन।’

अजय विगत १४ महिनादेखि दिल्ली नगएको उनको टिमले जनाएको छ। अजय हाल मुम्बइमा फिल्म ‘मैदान, मेडे र गंगुबाई काठियाबाडी’को छायांकनमा व्यस्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell