PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश नेतृत्वको पूर्ण इजलासमा



प्रचण्डको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश नेतृत्वको पूर्ण इजलासमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकता खारेजी गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध दिएको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको पूर्ण इजलासले हेर्ने भएको छ।

जबरासहित तेजबहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासमा आज पेशी तोकिएको छ।

अध्यक्ष दाहालले चैत १७ गते पुनरावलोकनका लागि अदालत पुगेर निवेदन दिएका थिए।

फागुन २३ गते न्यायाधीशद्वय बमबहादुर श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेलको भएको फैसला गर्दै एमाले र माओवादी केन्द्रको एकता खारेज गरेर २०७५ जेठ २ अघिकै अवस्थामा फर्काएको थियो।

यो फैसलाविरुद्ध मुद्दाका एक पक्ष प्रचण्ड पुनरावलोकनमा गएका हुन्। पुनरावलोकन निवदेनमा प्रचण्डले ८ वटा प्रश्न उठाएका हुन्। एकता खारेज गर्ने फैसला गरेर अदालतले क्षेत्राधिकार नाघेको उनको जिकिर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell