PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सर्वोच्चको न्यायाधीशमा सिफारिस नहकुल सुवेदीविरुद्धको मुद्दाको पेशी शर्माबाट पुग्यो केसीको इजलासमा



सर्वोच्चको न्यायाधीशमा सिफारिस नहकुल सुवेदीविरुद्धको मुद्दाको पेशी शर्माबाट पुग्यो केसीको इजलासमा
फाइल फोटो

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।

न्यायाधीश तेजबहादुर केसीको इजलासमा पेशी तोकिएको छ। यसअघि बुधवार न्यायाधीश मनोज शर्माको इजलासमा पेशी तोकिए पनि सुनुवाइ भएन। उक्त पेशी आज सरेर केसीको इजलासमा आइपुगेको हो।

सर्वोच्च न्यायाधीश हुन सुवेदीको योग्यता नपुग्ने भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए। 

यसअघि मनोज शर्माको नियुक्तिको बेला पनि योग्यतामाथि प्रश्न उठाउँदै परेको मुद्दा पनि न्यायाधीश केसीले नै हेरेका थिए। उनको इजलासले पहिलो सुनुवाइमै रिट खारेजको आदेश गरेको थियो।

सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै संसदीय सुनुवाइ विशेष समितिमा पनि ५ वटा उजुरी परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell