PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

काँग्रेससँग माओवादीले पोख्यो असन्तुष्टि : तपाईहरु केपीको सरकारमा जान मन भए गए हुन्छ



काँग्रेससँग माओवादीले पोख्यो असन्तुष्टि : तपाईहरु केपीको सरकारमा जान मन भए गए हुन्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ। बैठक सकिएलगत्तै माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठले राजनीतिक परिस्थितिबारे अझै सिन 'क्लियर' भइनसकेको बताए।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा भएको बैठकका छलफलका विषयमा जानकारी गराउँदै श्रेष्ठले विभिन्न राजनीतिक दलसँग वार्ताको क्रम जारी रहेकोले निर्क्यौल गर्न अझै बाँकी रहेको बताए। उनले स्थायी कमिटीको अर्को बैठकबाटमात्र माओवादी केन्द्रको भूमिकाबारे थाह हुने जानकारी दिए।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँगै जनता समाजवादी पार्टी प्रस्ट नहुँदा माओवादी केन्द्रको निर्णय आउन अझै केही दिन लाग्ने बताए। केपी शर्मा ओलीको सरकारलाई माओवादीको समर्थन नरहेको उल्लेख गर्दै श्रेष्ठले भने, 'हाम्रो समर्थन छैन भनेर लेखेर दिन मात्र बाँकी हो। तपाईहरुलाई केपीलाई समर्थन गर्न मन छ भने गरे हुन्छ तपाईहरु केपीको सरकारमा जान मन भए गए हुन्छ तर प्रष्ट निर्णय गर्नुपर्‍यो।'  प्रमुख प्रतिपक्षी पार्टीले प्रष्टसँग निर्णय गरेर आउनेमा आफूलाई विश्वास रहेको श्रेष्ठले बताए।


बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यालयबाट बाहिरिँदै।


यो प्रतिगामी कदम चाल्ने सरकार सर्वोच्चको फैसलापछि जानुपर्थ्यो भन्ने विश्वास रहे पनि नगएको उनको भनाई थियो। श्रेष्ठले माओवादी केन्द्रको ध्यान केपी ओलीको सरकारलाई विस्थापित गर्नु भएको र आफूहरु अनिर्णयको बन्दी नबन्ने जिकिर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell