सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (ने क पा) नाम विवाद पुनरावलोकन गर्न दिएको निवेदन अस्वीकृत गरेको छ। नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) अमान्य घोषित गरेपछि एमाले र माओवादी पूर्ववत् रुपमा फेर्किएको हो। यससँगै एमालेले 'विद्रोह' गरेका माधव कुमार नेपाल. भीम रावल लगायतका नेतालाई निलम्बन गरेको छ। यता माओवादी केन्द्र दोधारमा छ। न त माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छ न त ओलीलाई हटाउन केही रणनीति नै बनाउन सकेको छ। आजको सर्वोच्चको फैसलाले प्रचण्डलाई नराम्रो झड्का दिएको छ।