काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झगडिया नभएर राजनीति गर्न सुझाव दिएका छन्। उनले प्रचण्ड सर्वोच्च अदालतको फागुन २३ गतेको एमाले माओवादी अलग हुने फैसलाको पुनरावलोकनका लागि अदालत भन्दै विरोध गरेका छन्।
उनले अदालतले फैसलाको पुनरावलोकन नगर्ने भनि दिएको आदेशप्रति भने आफ्नो साहनुभुति भएको टिप्पणी गरेका छन्। सर्वोच्च अदालत अघिको माओवादी र एमाले मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी एकतामा समेत प्रचण्डकै कारण विभाजन आएको थापाको आरोप छ।
थापाले राजनीतिमा झगडिया हुन खोज्दा अहिलेको अवस्था आएको भन्दै ट्वीटमा भनेका छन,' सर्वोच्च अदालतको फैसला । लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ। निवेदक महोदयप्रति सहानुभूतिचाहिं छ- सम्हालिनुहोस र राजनीति गर्नुहोस। राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ। आफैले भाँड्न चाहेको एकता कति प्यारो?'