PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

ताइवानमा रेल दुर्घटना : ३६ जनाको मृत्यु, कैयौं घाइते



ताइवानमा रेल दुर्घटना : ३६ जनाको मृत्यु, कैयौं घाइते
फोटो : Reuters

पूर्वी ताइवानमा एक यात्रुवाहक रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ। शुक्रवार बिहान भएको उक्त दुर्घटनामा परी कैयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

३५० भन्दा बढी यात्रु रहेको रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर लागेको थियो। रेलले ट्रयाक् छोडेकाले उक्त दुर्घटना भएको बताइएको छ। घटनामा घाइते भएका २० जनालाई अस्पताल पठाइएको त्यहाँस्थित सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ।

द तरोको एक्स्प्रेसको रेल प्रति घण्टा ८० माइलको गतिमा कुद्ने गर्छ। ताइवानको रेल विभागले घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेको जनाएको छ। स्थानीय सञ्चार माध्यमहरुले रेलका चालक हराइरहेको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell