PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

३० वर्षमा पानी आएको, एक पटक उद्घाटन गरेर हुन्छ?



रवीन्द्र मानन्धर

३० वर्षमा पानी आएको, एक पटक उद्घाटन गरेर हुन्छ?

काम होस् नहोस्, उद्घाटनको रफ्तारमा अहिलेको सरकारलाई कसैले जित्न सक्दैन। रेकर्ड बनिरहेको छ। त्यसैले नै हो, शिलन्यास र उद्घाटनको म्याराथन जारी छ। जारी यसरी छ कि पहिल्यै कसैले उद्घाटन गरेको होस् नहोस् मतलब भएन, गर्न चाहिँ आफैँले पर्‍यो।

सरकारको यही रफ्तारमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको उद्घाटन गरिन्। यसअघि घरघरमा धारामा मेलम्चीको पानी झर्दा कर्मचारीले उद्घाटन गरिसकेका थिए। आज बिहानै मन्त्री रामवीर मानन्धरले बालाजुमा पनि उद्घाटन भ्याइसकेका थिए।

राष्ट्रपतिको सवारी चलाएर फेरि भृकुटीमण्डपमा यसको उद्घाटन भएको छ। नहोस् पनि किन, तीन दशक लगाएर बल्लतल्ल ल्याएको पानीको उद्घाटन एकै चोटी गर्नु ठीक पनि त भएन ! कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell