PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आर्मी क्लबसँग फुटबल खेल्न श्रीलंकन पुलिस क्लब २२ गते नेपाल आउँदै, टिकटको मूल्य ३०० र ५००



आर्मी क्लबसँग फुटबल खेल्न श्रीलंकन पुलिस क्लब २२ गते नेपाल आउँदै, टिकटको मूल्य ३०० र ५००
Photo : ANFA

काठमाडौं: एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजका लागि त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्न श्रीलंका पुलिस स्पोर्टिङ क्लब २२ गते नेपाल आउने भएको छ। आर्मीले आज पत्रकार सम्मेलन गर्दै उक्त खेलका लागि तयारीहरु अघि बढाइएको जनाएको छ।

आर्मीले खेलका लागि २० लाख खर्च हुने अनुमान गरेको छ। प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक रुपमा सहयोग गर्ने र साथै सहजीकरणका लागि सहयोग गर्ने एन्फा प्रवक्ता किरण राईले बताए। यद्यपि, आयव्यय भने सम्बन्धित क्लबले नै ब्यहोर्ने प्रवक्ता राईले बताए।

आर्मीले साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० मुल्य निर्धारण गर्ने तयारी अघि बढाएको छ। एसियन फुटबल कन्फिडरेसन एएफसीले भने ५० प्रतिशत दर्शक स्टेडियममा भित्र्याउने मिल्नेगरी अनुमति दिइएको बताइएको छ।

आर्मीले हाले २३ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको जनाएको छ। थ्री नेशन्स कप खेलेका राष्ट्रिय टोलीका खेलाडीमध्ये विकेश कुथु र भरत खवास आर्मीको टोलीमा छन्।

खेल चैत २५ गते बेलुकी ५ बजे तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell