PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण



अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण

बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ। आलियाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्।

उनले लेखेकी छिन्, ‘मेरो कोभिड १९ परीक्षणको नतिजा पोजेटिभ आएको छ। मैले रिपोर्ट पाए लगत्तै आफूलाई क्वारेन्टाइन गरिसकेँ र घरबाट अलग्गै बस्छु। म सबै सुरक्षा मापदण्डको पालना गर्दैछु।’

आलियाका प्रेमी रणवीर कपूर कोरोनाबाट निको भएको एक हप्ता पछि आलियाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

आलियाको आउँदै गरेको फिल्म ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय लीला भंसाली पनि केही समय अगाडि कोरोना संक्रमित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell