PahiloPost

Jul 3, 2024 | २० असार २०८१

दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक ५ घण्टापछि सुरु



दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक ५ घण्टापछि सुरु

काठमाडौँ: दिउँसो २ बजेका लागि बोलाएको कांग्रेस केन्द्रीय समिति साँझ साढे सात बजे सुरु भएको छ।

आजको बैठकमा सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता बुझाउने म्याद थप्ने विषयमा छलफलको तयारी गरेका छन्। केन्द्रीय कार्यसमिति  यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने वर्तमान सरकारविरुद्ध एक्सनमा जानुपर्ने भन्दै अडान कसेका छन्। चैत १० लाई काँग्रेसको क्रियाशील सदस्यता बुझाउने अन्तिम समयसीमा तोकिएको थियो। क्रियाशील सदस्यता बुझाउने म्याद थप्ने विषयमा दुबै पक्ष सहमत भए पनि अन्य विषयको विवाद नसुल्झेको ती केन्द्रीय सदस्यले बताए।

अहिले पदाधिकारी तलमाथि ओहोरदोहोर गरिरहेको ती केन्द्रीय सदस्यले बताए। आज बैठक बस्न नसके केन्द्रीय समिति आइतवारका लागि प्रस्ताव गरिने बताइएको छ।

केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनका लागि कांग्रेसले जसरी पनि अविश्वासको प्रस्ताव लैजानुपर्ने पक्षमा देउवा इतरका नेताहरु लागिपरेका छन्।

देउवा पक्षका नेताहरुले समेत यो विषयमा साथ दिने देखिन्छन्। तर देउवा भने अहिले नै ओली सरकारविरुद्ध एक्सनमा जाने वातावरण तयार भइनसकेकोले पार्टीले यो निर्णय गरिहाल्न नहुने पक्षमा रहेको उनी निकट एक नेताहरु बताउँछन्। पौडेल पक्षका नेताहरु भने देउवाले नचाहेमा अरु कसैलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुपर्ने पक्षमा उभिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell