PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने, आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थाल्ने



कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने, आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थाल्ने

काठमाडौँ: नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने भएको छ। त्यसैगरी कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अग्रसरता लिने सहमति गरेको छ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक राति पौने ८ बजेमात्र सुरु भएको हो। एजेन्डा तय गर्नका लागि पदाधिकारीबीच लामो रस्साकस्सी चलेको थियो। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरुको लामो छलफलपछि प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग्ने सहमतिमा नेताहरु पुगेका थिए।

‘प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेसले निर्णय गरेको छ। नयाँ सरकार गठनका लागि अग्रसरता लिन्छौँ,’ नेता प्रदीप पौडेलले भने।

सहमति लगत्तै केन्द्रीय समिति सुरु भएको छ। अहिले यही विषयमा केन्द्रीय समितिमा नेताहरुले धारणा राख्न शुरु गरेको केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए। वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले आफ्नो धारणा प्रस्तुत गरिरहेका छन्। केन्द्रीय समितिमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने भनिए पनि कसरी प्रस्तुत हुने भन्ने विषयमा जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell