PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जोर्डनका पूर्व युवराज हुसैन थुनिए घरभित्रै!



जोर्डनका पूर्व युवराज हुसैन थुनिए घरभित्रै!
फोटो : bbc.com

जोर्डनका पूर्व युवराज हमजा बिन हुसेन नजरबन्दमा परेका छन्। देशका नेताका बारेमा विभिन्न आलोचना गरेका कारण उनी नजरबन्दमा परेको बीबीसीले जनाएको छ।

सुरक्षाको कारण देखाउँदै उनलाई नजरबन्दमा राखिएको बताइएको छ। राजकुमार हमजा किङ अब्दुल्लाका सौतेनी भाइसमेत रहेका हुसेनले नेताहरुलाई भ्रष्टाचार र अक्षमताको आरोप लगाएका थिए।

यही विषयमा उनलाई नजरबन्दमा राखिएको बताइएको छ। यद्यपि यस विषयलाई त्यहाँको सेनाले इन्कार गर्दै आएको थियो। तर हुसैनले शनिवार एक भिडियो सार्वजनिक गर्दै जोर्डनको सैन्य प्रमुखले आफूलाई बाहिर निस्कने अनुमति नभएको जानकारी दिएको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell