काठमाडौं : जानकी देवी रामले आज प्रतिनिधिसभा सदस्यको सपथ लिएकी छिन्। सानु शिवाको निधन पश्चात रिक्त रहेको समानुपातिक समावेशी समूह (दलित) बाट नेकपा एमालेले रामलाई मनोनित गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो।
आज सिंहदरबारस्थित संसद सचिवालय सभामुख अग्नीप्रसाद सापकोटाले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।