PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

म्यानमार संकट : 'सैन्य कू'ले मोडिएको स लिनको बाटो



स्वेच्छा राउत

म्यानमार संकट : 'सैन्य कू'ले मोडिएको स लिनको बाटो

मार्च २३। बिहानको करिव ११ बजे स लिन टेट कामका लागि कचिन प्रान्त फर्किँदै थिए। कचिन प्रान्त, जहाँ उनी आफ्नी श्रीमती र सन्तानहरूसँग बस्छन्।

हाप अन, जहाँ उनी देशमा जारी संकट र सेनाको ज्यादतीविरुद्ध भद्र अवज्ञा आन्दोलनका सदस्यहरूलाई भेटेका थिए। कचिन फर्किँदै गर्दा उनी चढेको गाडीलाई सुरक्षाकर्मीहरूले रोके। उनीहरूले गाडी खान तलासी गरे। उनको गाडीमा भएका कागजपत्रहरू 'सन्देहपूर्ण' भएको भन्दै त्यहाँको कानुन ५०५ अन्तर्गत् पक्राउ गरियो। उक्त कानुन मिथ्या समाचार, सेना र सरकारको आलोचना गर्नेविरुद्ध कारवाहीका लागि बनेको हो।

स लिन टेट सोही कानुन अन्तर्गत् पक्राउ परेपछि प्रश्न उठेको छ उनलाई पक्राउ गर्नुको कारण के? विद्यार्थीहरूको एउटा समूहले स लिनको कुनै गल्ती नभएको र उनलाई तत्काल रिहा गर्न मागसहित 'डिजिटल क्याम्पेनिङ' गरिरहेका छन्।

+++

स लिन टेट म्यानमारमा एसिया प्यासिफिक मास्टर्स इन आर्ट्स कार्यक्रम अन्तर्गत् अध्ययन गरिरहेका छन्। पछिल्लोपटक लिन आफ्नो थेसिसको लागि तथ्याङ्क संकलन गरिरहेका थिए। अचानक म्यानमारको राजनीतिक एवं सामाजिक माहोल बद्लियो। तथ्याङ्क संकलनमा व्यस्त उनको ध्यान विभिन्न अभियानहरूमा मोडियो।

पढाईसँगै एक गैर सरकारी संस्‍थामा काम गर्छन् उनी। मानव अधिकारको मुद्दामा आवाज उठाउँछन्। विकासका गतिविधिमा सहभागी हुन्छन्। देशमा राजनीतिक संकट बढ्दै जाँदा त्यहाँको जनजीवन प्रभावित बन्दै गयो। त्यो अवस्थामा उनी चुप बस्न सकेनन्। सामाजिक अभियानहरूमा सक्रिय रुपमा लागि परे।

ဘားအံမြို့နယ်အတွင်း ဆူပူအကြမ်းဖက်ရာတွင် အသုံးပြုသည့် ဆက်စပ်ပစ္စည်းများနှင့် သွေးထိုးလှုံ့ဆော်သည့် စာရွက်စာတမ်းများ...

Posted by ချယ်ရီမြေဖွား အမေ့သား on Wednesday, March 24, 2021

लिन म्यानामारको कचिन प्रान्तमा शान्तिपूर्ण र्‍याली र प्रदर्शनहरू आयोजना गरी सैन्य कूको विरोधमा उत्रिए। मानव अधिकार र आफूजस्ता विद्यार्थीहरूका लागि पढ्ने वातावरणको माग गरे।

कचिनमा आफ्नी श्रीमती र सन्तानसँग बस्दै आएका उनी भद्र अवज्ञा आन्दोलनमा जोडिएकै कारण पक्राउ परे। त्यो कानुन अन्तर्गत् जसले मिथ्या समाचार, सेना र सरकारको आलोचना गर्नेहरूलाई नियमन गर्छन्। र, त्यसको लिनको गतिविधिसँग कुनै सम्बन्ध नभएको बताउँछिन् अभियन्ता ओजश्वी केसी। उनी लिनको पक्षमा सामाजिक सञ्जाल एवं सञ्चार माध्यममार्फत् आवाज उठाइरहेकी छिन्। उनीसँगै ग्लोबल क्याम्पस कोलिएशन फर ह्यमुन र्‍याइट्समा आवद्ध ११ जना विद्यार्थी लिनको रिहाईको माग गर्दै अभियानमा सक्रिय छन्।

केसी भन्छिन्, 'लिनलाई बिना कुनै कारण पक्राउ गरिएको छ र गलत आरोप लगाइएको छ। यो मानव अधिकार उल्लंघन हो। त्यसैले हामी उनको निशर्त रिहाईको माग गरिरहेका छौं।'

ओजश्वीजस्तै श्रीलंकाबाट श्रद्धा पोखरेलपनि यस अभियानसँग जोडिएकी छिन्। उनीपनि सामाजिक संचालमा लिनको रिहाईको लागि जोडदार माग गरिरहेकी छिन्। उनलाई छिट्टै रिहा नगरिए सैन्य सरकारले उनीमाथि थप अत्याचार गर्ने र आरोप लगाइ जेलमा थुन्ने सक्ने अनुमान उनीहरुको छ।

कानुन ५०५ अन्तर्गत् कारवाही परेकोलाई ३ वर्षसम्म कैद सजाय हुन्छ। उनीहरू धरौटीमा रिहा हुन पाउँदैनन्। हाल म्यानमारमा आन्दोलनरतहरू विरुद्ध यही कानुनको प्रयोग गरिएको छ।

स लिनलाई पा आनस्थित तुङ्केले कारागारमा राखिएको छ। मार्च २४ मा उनको पक्षमा कसैको प्रतिनिधित्व बिना न्यायाधिश सामु पेश गरिएको थियो। उनीविरुद्ध लगाइएको मुद्दाको अर्को सुनुवाई अप्रिल ६ मा हुँदैछ।

उनलाई आफ्नो पक्षमा वकालत गर्न कानून व्यवसायी राख्न दिइएको छैन। यद्यपि, वकिलहरुलाई पक्राउ गरेकाहरूलाई भेट्न कारागारभित्र भने प्रवेश गर्न दिइन्छ। उनलाई पक्राउ गर्नुको कारणका रुपमा प्रस्तुत गरिएको कागजपत्रहरू केसँग सम्बन्धित छन्? भन्नेबारे कुनै पनि जानकारी सार्वजनिक भएको छैन।

भलै स लिनलाई सुपु क्षेत्रमा भएको हिंसाको आधारमा स लिनलाई पक्राउ गरिएको बताइएको छ। स लिनसँगै हजारौं मानिस सैन्य कूपछि यस्तै आरोपमा पक्राउ परेका छन्।

मार्च २५ मा मात्रै ५०५ कानूनअनुसार पक्राउ गरेका ६०० जनामध्ये अधिकांश विद्यार्थी छन्।

सुरक्षाकर्मीहरुले स लिनको अभियानसँग संलग्न अन्‍य मानिसहरूको पनि खोजी गरिरहेको छ। उनीहरूलाई आन्तरिक द्वन्द्व फैलाएको आरोप लगाइएको छ। साथै उनीहरूबाट प्रदर्शनका लागि जम्मा गरिएको रकमसमेत फेला परेको दाबी गरेको छ। पक्राउ परेका स लिनमाथि सर्वसाधारणलाई हिंसात्मक आन्दोलनका लागि प्रेरित गर्नुका साथै ज्यानसमेत आहुति दिन उक्साएको आरोप लगाइएको छ।

गत वर्ष सम्पन्न आम चुनावमा आङ साङ सूची नेतृत्वको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले अधिकांश क्षेत्रमा जित हात परेपछि त्यहाँको सेना निकटको पार्टीले धाँधली भएको आरोप लगाउँदै आएको छ। नवनिर्वाचित सांसदले सपथ लिन तय भएको दिनको अघिल्लो दिन फेब्रुअरी १ मा सेनाले सत्ता हत्यायो। निर्वाचनमा बहुमत प्राप्त दल, नेसनल लिग फर डेमोक्रेसीका नेता आङ साङ सुचीसहित राष्ट्रपति लगायतका नेताहरूलाई नजरबन्दमा राखिएको छ।

त्यसो त दैनिक जसो प्रदर्शन भइरहेको छ। प्रदर्शनमा सेनाले बल प्रयोग गर्दा हालसम्म ५ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ। सेनाले अधिकारकर्मी, अभियन्ता, पत्रकार, विद्यार्थी तथा अन्य पेशाकर्मीहरूलाई पक्राउ गरिरहेको छ। सैन्य सरकारविरुद्ध भद्र अवज्ञा गर्नेहरूलाई नियन्त्रणमा लिएको हो।

भद्र अवज्ञाका विभिन्न कार्यक्रमहरूमा सक्रिय रुपमा सहभागी स लिन टेटलाई पनि 'सन्देहपूर्ण' कागजपत्र बोकेको भन्दै पक्राउ गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell