भारतमा एकैदिन १ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एएनआइका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा कोभिड १९ संक्रमण देखिएको हो।
यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार ६७ पुगेको छ।
यस्तै, थप ४७८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा संक्रमणका कारण १ लाख ६५ हजार १०१ जनाको मृत्यु भइसकेको छ।
हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख ४१ हजार ८३० पुगेको छ।
India reports 1,03,558 new #COVID19 cases, 52,847 discharges, and 478 deaths in the last 24 hours, as per the Union Health Ministry
— ANI (@ANI) April 5, 2021
Total cases: 1,25,89,067
Total recoveries: 1,16,82,136
Active cases: 7,41,830
Death toll: 1,65,101
Total vaccination: 7,91,05,163 pic.twitter.com/Kg4rAhfdgE