PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फेरि कोरोनाको मारमा बलिउड, अक्षयकुमार पछि फिल्मका ४५ जुनियर आर्टिस्टमा पनि देखियो संक्रमण



फेरि कोरोनाको मारमा बलिउड, अक्षयकुमार पछि फिल्मका ४५ जुनियर आर्टिस्टमा पनि देखियो संक्रमण

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। महाराष्ट्र कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको छ। जसकारण बलिउड क्षेत्र पनि कोरोना संक्रमणका कारण फेरि थला पर्ने दिशातर्फ उन्मुख भइरहेको छ।

पछिल्लो समय बलिउड कलाकारहरुमा संक्रमण देखिँदै आएको छ। फिल्मदेखि दैनिक धारावाहिक शोका कलाकारहरु संक्रमित भएका छन।

आइतबार अभिनेता अक्षय कुमारलाई कोरोना संकमण पुष्टि भयो। राम सेतुको छायांकनको तयारीमा रहेका उनलाई संक्रमण देखिएपछि उक्त फिल्ममा आबद्ध ४५ जना जुनियर आर्टिस्टलाई पनि संक्रमण देखिएको छ। अक्षय हाल अस्पताल भर्ना भएका छन् भने अरुहरु क्वारेन्टाइनमा छन्। छायंकाकन सुरु हुनु अघि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।

केहि दिन अघि ड्रग्स मुद्दामा पक्राउ परेका अहजाज खानमा पनि संक्रमण देखिएको छ। भारतमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएसँगै अभिनेता रणवीर कपुर, आमिर खान, अभिनेत्री आलिया भट्ट, निर्देशक सञ्जयलिला भंसाली लगायतका कलाकारलाई कोरोना संक्रमण देखिएको छ। जसले गर्दा अहिले बलिउड फिल्मको सुटिङहरु समेत स्थगित भइरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell