PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विश्वासको मत लिनु नपर्ने परराष्ट्र मन्त्री ज्ञवालीको तर्क, 'दुई वर्षअघि नै ओली सरकारलाई विश्वासको मत प्राप्त'



विश्वासको मत लिनु नपर्ने परराष्ट्र मन्त्री ज्ञवालीको तर्क, 'दुई वर्षअघि नै ओली सरकारलाई विश्वासको मत प्राप्त'

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत लिनु नपर्ने तर्क गरेका छन्। प्रतिनिधिसभाको सोमवारको बैठकमा ज्ञवालीले माओवादी केन्द्रको समर्थन कायमै रहेकाले विश्वासको मत लिनु आवश्यक नभएको बताएका हुन्।

'एक जना माननीयले नेकपा एमालेले विश्वासको मत लिएको हो भन्नु भो। नेकपा एमालेलाई चिन्दैनौ भन्नु भो। सदनमा तथ्यगत त्रुटिहरु रेकर्डमा हुनु हुन्न भन्नका निम्ति सच्याउन खोजेको छु,' उनले भने।

२०७५ साल फागुन ३ गते प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकार बनेको र त्यो संविधानको धारा ७६ (२) अनुसार त्यसलाई माओवादी केन्द्रले समर्थन गरेको ज्ञवालीको भनाई छ। २०७५ फागुन २७ गते त्यो सरकारले सदनमा विश्वासको मत लिएको उनको भनाई छ।

'त्यही विश्वासको मतमा विपक्षमा उभिएकै कारणले नेपाली कांग्रेस अहिले पनि प्रतिपक्ष दलको रुपमा छ,' उनले भने।

माओवादीको समर्थनमा संविधानको धारा ७६ (२) बाट वर्तमान सरकार गठन भएको उनको भनाई छ। उनले सरकार हटाउनका लागि पनि संविधानमा प्रष्ट व्यवस्था रहेकाले सरकारले विश्वासको मत नलिने बताए।

'सरकार हटाउनका लागि पनि संविधानले बाटो प्रष्ट देखाइदिएको छ। अन्यथा बाटो भन्दा संविधानले हिँड्न भनेको बाटो हिँडनु बाञ्छनीय हुन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell