PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बिस्का जात्रा : ङातापोलमा मैनबत्ती बालेर प्रशासनको विरोध



बिस्का जात्रा : ङातापोलमा मैनबत्ती बालेर प्रशासनको विरोध

काठमाडौं : भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिस्का जात्रा रोक्ने निर्णय गरेपछि स्थानीय आक्रोशित बनेका छन्। भारतमा कोरोना संक्रमण बढ्दै गएको भन्दै नेपालमा समेत संक्रमणको जोखिम बढ्दै गएको कारण देखाएर प्रशासनले बिस्कामा य: सिं ठड्याउने, भैल: ख: (भैरवनाथको रथ) तान्ने लगायतका गतिविधि नगर्ने निर्णय गरेको थियो। यता, गुठियार र स्थानीयले भने प्रशासनले कोभिड -१९ को बहाना बनाउँदै फेरि एक्लौटी रुपमा जात्रा र नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै असन्तुष्टि पोखेका हुन्।

मंगलबार स्थानीयले ङातापोल मन्दिरमा उभिएर मैनबत्ती बालेर जिल्ला प्रशासन कार्यालयको निर्णयको विरोध गरेका छन्।  सोमबार भने टौमढी क्षेत्रमा बिस्का जात्रा गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको थियो। यस्तै, मंगलबार दिउँसो स्थानीयले भक्तपुर नगरपालिका बाहिर पनि नाराबाजी गर्दै विरोध गरे।

स्थानीयले यो वर्ष जसरी भए पनि बिस्का सञ्चालन गर्ने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार : प्रशासनसँग असन्तुष्ट भक्तपुर : 'बिस्का रोक्न पाइँदैन' भन्दै धिमे भुस्या बजाएर विरोध प्रदर्शन

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell