PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

भारतीय माओवादीको नियन्त्रणमा एक प्रहरी जवान, रिहाइका लागि वार्ता गर्न तयार  



भारतीय माओवादीको नियन्त्रणमा एक प्रहरी जवान, रिहाइका लागि वार्ता गर्न तयार  
File Photo : anti-imperialism.org

भारतीय कम्युनिष्ट पार्टी (माओवादी) ले बीजापुरमा भएको आक्रमण र एक सैनिक जवानको रिहाइको लागि सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको छ।

एएनआइका अनुसार माओवादीहरुले प्रेस विज्ञप्ती जारी गर्दै बीजापुर आक्रमणमा भएको मुठभेडमा २४ जवानको मृत्यु भएको ३१ जवान घाइते भएको र १ जना आफ्नो नियन्त्रणमा रहेको जनाएको छ। उक्त मुठभेडमा पिपुल्स लिब्रेशन आर्मीको ४ जना सदस्यको पनि मृत्यु भएको जनाइएको छ।

माओवादीले उक्त घटनाबारे आफू सरकारसँग वार्ताका लागि तयार रहेको र त्यसपछि जवानलाई रिहा गरिने समेत बताएको छ। माओवादीले प्रहरीसँग आफ्नो कुनै दुश्मनी नभएको भन्दै मृतक प्रहरीका परिवारहरुप्रति सम्वेदना समेत प्रकट गरेको छ।

माओवादीले भारतीय गृहमन्त्री अमित शाहको योजनामा सुकमा र बीजापुर क्षेत्रमा २००० भन्दा बढी सुरक्षाकर्मी आक्रमण गर्न आएको दाबी गरेको छ। सन् २०२० को नोभेम्बर देखि सुरु भएको उक्त अभियानमा ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका १५० भन्दा बढीको मृत्यु भएको र त्यसमा केही आफ्नो कार्यकर्ता समेत रहेको माओवादीले उल्लेख गरेको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell