PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विवादमा मिसेज श्रीलंका : सम्बन्ध बिच्छेदपछि प्रतिस्पर्धामा भाग लिन किन नहुने ?



विवादमा मिसेज श्रीलंका : सम्बन्ध बिच्छेदपछि प्रतिस्पर्धामा भाग लिन किन नहुने ?
Photo : NEWSLINESL / BBC

आइतवार साँझ कोलम्बोमा भएको सौन्दर्य प्रतियोगिता विवादित बन्यो। 'मिसेज श्रीलंका २०२०' को उपाधि निर्णायकहरूले पुष्पिका डिसिल्भालाई दिने निर्णय गरे। उनको शिरमा ताज समेत पहराइयो। तर त्यसको केहि समयपछि उनको ताज जबरजस्ती खोसियो।

सन् २०१९ की विजेता क्यारलाइन जुरीले डिसिल्भाको ताज खोसेर फस्ट रनरअपलाई लगाइदिइन्। जुरीको आरोप थियो - पुष्पिका डिसिल्भाले सम्बन्धविच्छेद गरिसकिन्। त्यसैले डिसिल्भालाई उपाधि दिन नमिल्दै। त्यसैले मञ्चमै पुगेर जुरीले मञ्चमै डिसिल्भाको ताज खोसेकी थिइन्।

ताज खोस्दा डिसिल्भाको टाउकोमा चोट समेत लाग्न पुग्यो। अस्पताल नै जानु पर्ने अवस्थामा पुगेकी डिसिल्भाले आफूमाथि भएको अनुचित र अपमानजनक व्यवहारका लागि कानुनी कदम चाल्ने पनि बताएकी छन्।

आफू अहिले छुट्टै बसिरहेको भएपनि सम्बन्धबिच्छेद भने नभएको बताएकी छिन्। आयोजकले पनि डिसिल्भाको सम्बन्धबिच्छेद नभएको पुष्टि गर्दै उनीसँग उक्त घटनाका लागि माफी मागेको छ। साथै डिसिल्भालाई ताज फिर्ता गरिएको छ।

यो घटनापछि मिसेज श्रीलंका प्याजेन्टको आलोचना भइरहेको छ। सम्बन्ध बिच्छेद भएपनि 'मिसेज श्रीलंका' मा महिलाले प्रतिस्पर्धा गर्नु नपाउनु गलत रहेको भन्दै विरोध भइरहेको हो। साथै यो घटना घटेको बेला डिसिल्भाको समर्थनमा आयोजक नआएकोले पनि आलोचना भएको हो।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell