PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सेरम इन्स्टिच्यूटलाई खोप उत्पादनमा रकम अभाव, ३ हजार करोड आवश्यक



सेरम इन्स्टिच्यूटलाई खोप उत्पादनमा रकम अभाव, ३ हजार करोड आवश्यक

भारतमा कोभिड १९ विरुद्धको अक्सफोर्ड अस्ट्राजेनिका खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूटले खोप उत्पादन गर्न आर्थिक अभाव भएको जनाएको छ। खोप उत्पादनमा सेरम इन्स्टिच्यूट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो।

कोरोना भाइरसविरुद्ध सेरमको खोपको विश्व बजारमा माग बढ्दैछ। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भारतमै कोभिड १९ का विरामीको संख्या ह्वात्तै बढेपछि गत महिना अस्ट्राजेनिकाको खोप निर्यातमा रोक लगाएको थियो।

यता, कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले भने भारतकै मानिसलाई खोप दिनका लागि अहिले उत्पादन गर्न नसकिएको बताएका छन्।

एनडीटीभीसँगको अन्तर्वार्ताका क्रममा उनले विश्वलाई नै भ्याक्सिन चाहिरहेको भएपनि भारतलाई आफूहरुले प्राथमिकतामा रहेको तर प्रत्येक भारतीयलाई समेत भ्याक्सिन दिन अहिले आफूहरुले खोप उत्पादन गर्न नसकेको बताएका हुन्।

भारत सरकारसँग भारी छुटमा भ्याक्सिन बिक्री गर्ने सम्झौताका कारण पनि आर्थिक रुपमा असर परेको सेरम इन्स्टिच्यूट जनाएको छ। जुन महिनायता भ्याक्सिनको उत्पादन बढाउन सेरमलाई अझै ३ हजार करोड भारतीय रुपैयाँ आवश्यक रहेको समेत पूनावालाले बताए।

'हामीले भारतको एउटा भ्याक्सिन १५० देखि १६० भारतीय रुपैयाँमा बेचिरहेका छौं। तर यसको मूल्य भने करिब १ हजार ५०० भारतीय रुपैयाँ पर्छ। मोदी सरकारको आग्रहमा हामीले यसको मूल्य घटाएर दिएका हौं। हामीले नाफा गरिरहेका छैनौं भन्ने होइन तर हामीले 'सुपर प्रोफिट' कमाइरहेका छैनौं। जसबाट नै हामी फेरि भ्याक्सिन पुन: उत्पादनमा खर्च गर्न सक्छौं' उनले भने।

उनले ३ हजार करोड भएपनि भ्याक्सिनको उत्पादन बढाउन करिब ३ महिना लाग्ने समेत बताए। उनले प्रति महिना १०० मिलियन डोज तयार गरेपनि भारतले माग पूरा गर्न अरु कम्पनीबाट समेत भ्याक्सिन आयात गर्नुपर्ने बताए।

पुनेवालाले कोभिसिल्ड बाहिर निर्यात गर्न रोक लगाएको कारणले पनि आर्थिक रुपमा केही असहज भएकफ बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell