PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कांग्रेसमा कुनै विवाद नरहेको देउवाको दाबी, 'आफैले आफैलाई कमजोर गर्ने काम नगरौं'



कांग्रेसमा कुनै विवाद नरहेको देउवाको दाबी, 'आफैले आफैलाई कमजोर गर्ने काम नगरौं'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताएका छन्।

नविन्द्रराज जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा उनले नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दै पार्टी कहिलै पनि संकटमा नरहेको बताएका हुन्। उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे।

'यहाँ दोहोरी खेल्ने कुरा छैन। नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन। भोली पनि रहदैन। नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ। यसलाई सबैले निभाउदै गएका छौ। पार्टी जीतहारले संकटमा नभई धेरै पटक हामी हारेका छौ। धेरै पटक जितेका पनि छौ। त्यसैकारण हामीले डिमोरलाईज हुने काम छैन। आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन। त्यसैले हाम्रो पार्टी संकटमा छैन' उनले भने।

सभापति देउवाले जोशीको निधनले पार्टीले नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको समेत बताए। स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उहाँको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनुपरेको उनले बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell