PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अस्ट्राजेनेका भ्याक्सिन : रगत जम्नु समस्या हो कि साइड इफेक्ट ?



अस्ट्राजेनेका भ्याक्सिन : रगत जम्नु समस्या हो कि साइड इफेक्ट ?
REUTERS/YVES HERMAN

बेलायतमा ३० वर्षभन्दा कम उमेरका व्यक्तिलाई अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन नलगाइने भएको छ। औषधि नियामक संस्था एमएचआरएले अस्ट्राजेनेका लगाएपछि रगत जम्ने समस्याहरु आएपछि यस्तो निर्णय गरिएको जनाएको हो। ३० वर्षभन्दा कम उमेर समूहका व्यक्तिलाई अन्य विकल्प दिइने बताइएको छ। अब १८ देखि२९ वर्ष उमेर समूहलाई अर्कै भ्याक्सिन दिने बेलायती सरकारको तयारी छ।

उक्त संस्थाले गरेको अनुसन्धानमा मार्चसम्म जतिजनाले अस्ट्राजेनेका लगाएका थिए ती मध्ये ७९ जनामा रगत जम्ने समस्या पाइएको थियो। ती मध्ये १९ जनाको मृत्यु भएको थियो। यद्यपि, कोरोनाविरुद्ध निर्माण गरेको भ्याक्सिनकै कारण रगत जमेको र उनीहरुको मृत्यु भएको भन्ने हालसम्म कुनै वैज्ञानिक आधार नभेटिएको एमएचआरएले जनाएको छ। तर, रगत जम्ने र भ्याक्सिनबिच सम्बन्ध देखिँदै गएको कुरालाई नकार्न भने नसक्ने भन्दै भ्याक्सिनको प्रयोगमा केही रोक लगाइएको जनाइएको छ।

रगत जम्ने समस्या देखिएकाहरुमा दुई तिहाइ महिला भन्दा छन्। मृत्यु हुनेमा १८ देखि ७९ वर्षका व्यक्तिहरु छन्।

बेलायतमा हालसम्म करिब दुई करोडजनालाई अस्ट्राजेनेका भ्याक्सिन प्रदान गरिएको छ।

यो भ्याक्सिनको कारण रगत जम्ने घटना पहिलोपटक भने होइन। यसअघि पनि युरोपियन राष्ट्रहरुमा अस्ट्राजेनेका भ्याक्सिनको प्रयोग गरेकाहरुमा रगत जम्ने समस्या देखिएको थियो। युरोपियन राष्ट्रहरु सहित अन्य राष्ट्रहरुले समेत भ्याक्सिनको प्रयोगमा अस्थायी प्रतिबन्ध लगाएका थिए। तर विश्व स्वास्थ्य संगठनका साथै युरोपियन संघको औषधि नियमन संस्थाले भ्याक्सिन र रगत जम्ने समस्याको कुनै सम्बन्ध नरहेको दाबी गरेको थियो। उनीहरुले यो समस्यालाई भ्याक्सिनको साइड इफेक्टका रुपमा हेर्नु पर्ने बताएका थिए। त्यसपछि फेरि केही देशहरुमा अस्ट्राजेनेकाको प्रयोग सुरु भएको थियो।   

यता, चिकित्सकहरुले भने रगत जम्नुको कारण बारे थप अध्ययन हुनुपर्ने बताउँदै आएका छन्। यसलाई हाल साइड इफेक्टका रुपमा मात्रै हेरिएपछि थप अध्ययन आवश्यक रहेको उनीहरु बताउँछन्। रगत जम्ने समस्या बढ्नुका साथै भ्याक्सिन लगाएकाहरुको मृत्यु भएको घटना समेत बढेपछि सतर्कता अपनाउनुपर्ने चिकित्सकहरुले बताएका छन्।

एमएचआरएका डा जूनी रैनीले भ्याक्सिन लगाउन युवा समूहलाई रोक लगाइएपछि भ्याक्सिनबाट घाटाभन्दा फाइदा धेरै भएको बताएकी छिन्। साथै भ्याक्सिनको साइड इफेक्ट निकै दुर्लभ रहेको भन्दै उनले भ्याक्सिन प्रभावकारी नै रहेको बताएकी छिन्। उनले पहिला यो भ्याक्सिनको पहिलो डोज लगाइसकेकोले फेरि अर्को लगाउनुपर्ने बताइन्। तर , रगत जम्ने समस्या देखिएकोलाई भने भ्याक्सिन नलगाउन सुझाव दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell