PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सरकार बलात्कारीको संरक्षणमा लागेको भन्दै नेविसंघले भन्यो : दोषीलाई कारवाही नभए आन्दोलन



सरकार बलात्कारीको संरक्षणमा लागेको भन्दै नेविसंघले भन्यो : दोषीलाई कारवाही नभए आन्दोलन

काठमाडौं : नेपाल विद्यार्थी संघले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ८ स्थित एक विद्यालयमा अध्ययनरत ९ वर्षीया बालिकाको बलात्कार पछि हत्या गर्ने दोषीलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरेको छ।

बालिकाको शव कर्णाली नदीमा फ्यालिएको अवस्थामा फेला परेको थियो।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भए यता विगत ३ वर्षमा लगातार यस्ता घटनाहरु दोहोरिएको नेविसंघको दाबी छ। यस्ता घटना बढ्दै जाँदा जनताको सुरक्षा गर्ने सवालमा ओली सरकार उदासिन भएको पुष्टि भएको संघका अध्यक्ष राजिब ढुंगानाले आरोप लगाएका छन्।

निर्मला पन्त, सम्झना वि. क. र भागिरथी भट्टको बलात्कार गरी हत्या गरिंदा हत्यारा पक्रनुको सट्टा बलात्कारी र हत्याराको संरक्षण गर्न सरकार नै लागि परेकोले यस्ता घटनाले निरन्तरता पाएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए। उनले बलात्कारी र हत्यारालाइ संरक्षण गरी सत्ताको आयू लम्ब्याउने खेलमा न लागि जनताको जिउधन रक्षा गर्ने सवालमा गम्भीर भएर लाग्न ओली सरकारलाई आग्रह गरेका छन्।

महामन्त्री तिमल्सिनाले घटनामा संलग्न अपराधीलाइ तत्काल पक्राउ गरी हदै सम्मको कारवाही गर्न, आगामी दिनमा यस्ता घटना नघट्ने कूराको जनतालाई प्रत्याभुत गराउन माग गरेको छ। ओली सरकारले बलात्कारी र हत्यारालाइ संरक्षण गर्ने दिशामा अघि बढे सडक आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell