PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोभ्याक्सिनको दोस्रो डोज



भारतीय प्रधानमन्त्री मोदीले लगाए कोभ्याक्सिनको दोस्रो डोज
Photo : ANI

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्ध को भ्याक्सिनको दोस्रो डोज लगाएका छन्। दिल्लीस्थित एम्स अस्पतालमा पुगेर मोदीले भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनको दोस्रो डोज लगाएको एएनआइले उल्लेख गरेको छ।

मोदीले मार्च १ मा कोभ्याक्सिनको पहिलो डोज लगाएका थिए।

भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। कोरोनाविरुद्ध भ्याक्सिन लगाउने अभियान जारी रहेपनि भ्याक्सिनको उत्पादन आवश्यकता अनुसार भइरहेको छैन।  जसकारण भारतबाट भ्याक्सिन निर्यात हुन सकेको छैन। नेपाल सहित दक्षिण एसियाली देशका साथै अन्य देशहरु समेत यसबाट प्रभावित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell