PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

म्यानमारको जुन्ता सरकारको 'अर्को कू' : बेलायतमा बर्मेली राजदूतलाई आफ्नै दूतावास प्रवेश गर्न दिइएन



म्यानमारको जुन्ता सरकारको 'अर्को कू' : बेलायतमा बर्मेली राजदूतलाई आफ्नै दूतावास प्रवेश गर्न दिइएन
Photo : PA Media

बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई दूतावास प्रवेशमा रोक लगाइएको छ। दूतावासमा रहेका सैनिक सहचारीले आफूलाई दूतावास प्रवेश गर्न नदिएको उनले बताएका छन्।

मिनसँगै दूतावासका अन्य कर्मचारीलाई समेत दूतावास रहेको भवन छाडेर जान भनिएको छ। सैनिक सहचारीले मिनलाई उनी अबदेखि बेलायतामा म्यानमारको प्रतिनिधि नभएको समेत बताएका छन्।

फेब्रुअरी १ मा म्यानमार सेनाले सत्ता नियन्त्रणमा लिएपछि मिनले पक्राउ परेका नेतृ आङ सान सूची लगायतका नेताको रिहाइको माग गरेका थिए।

आफूलाई दूतावास प्रवेश गर्न रोक लगाइएपछि मिनले बेलायतमा नै म्यानमारको जुन्ता सरकारले अर्को 'कू' गरेको बताएका छन्। हाल म्यानमारको दूतावास रहेको क्षेत्रमा बेलायतमा बसोबास गर्दै आएका बर्मेलीहरु भेला भइरहेका छन्। जुन्ता सरकारले दूतावास कब्जा गरेको भन्दै उनीहरुले त्यहाँ प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। प्रहरीले भवन क्षेत्रमा प्रवेशमा रोक लगाएको छ। बेलायतले दूतावासमा भएको उक्त घटनाबारे जानकारी दिइरहेको बताएको छ। 

म्यानमारमा जुन्ता सरकारविरुद्धको प्रदर्शनमा ५५० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ। हजारौं मानिस सेनाको नियन्त्रणमा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell