PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

हामीले सरकारमा जान हतार गरेमा चुनाव चुनौतीपूर्ण हुनेछ, अपारदर्शी गठबन्धनमा कांग्रेस सहभागी हुँदैन : एनपी साउद



हामीले सरकारमा जान हतार गरेमा चुनाव चुनौतीपूर्ण हुनेछ, अपारदर्शी गठबन्धनमा कांग्रेस सहभागी हुँदैन : एनपी साउद

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टी अपारदर्शी गठबन्धनमा सहभागी नहुने बताएका छन्।

‘जनताबाट अनुमोदित भएर आइसकेपछि मात्रै मुलुकमा प्रजातन्त्र स्थिर हुन्छ। मुलुकको आर्थिक प्रगति सुनिश्चित गर्न सक्छौं,’ ललितपुरमा विहीवार आयोजित समारोहलाई सम्बोधन गर्दै साउदले भने।

अपारदर्शी गठबन्धनमा सहभागी हुँदा चुनाव चुनौतीपूर्ण हुने साउदको भनाइ थियो। 

‘जबसम्म राष्ट्रिय सहमति हुन्न। राष्ट्रिय एजेण्डाका बारेमा मुलुकभित्र साझा धारणा बन्न सक्दैन। निर्वाचनबारे राष्ट्रिय सहमति बन्न सक्दैन। विशेषगरी केही क्षेत्रीय पार्टीका मुद्दाहरु, अधिनायकवादी पार्टीहरुका मुद्दासँग सम्झौता गरेर हामीले सरकारमा जान हतार गरेको खण्डमा भोलि दिनमा चुनाव कांग्रेसका लागि ज्यादा चुनौतीपूर्ण छ,’ उनले भने, ‘हामीले कुनै सत्तामा जान सम्झौता गर्नुहुन्न। जसको मूल्य हामीले चुनावमा तिर्न परोस्। कांग्रेस सावधान हुनुपर्छ।’

यी गम्भीर परिस्थितिलाई दृष्टिगत गरेर कांग्रेसले आफ्नो प्रभावशाली भूमिकालाई अगाडि निर्वाह गर्नुपरेको साउदले बताए।

‘कार्यकर्तामात्र होइन बुद्धिजीवी, नागरिक समाज आम नागरिक भनिरहेका छन् देउवाले विवेकको, संयमको परिचय दिनुभएको छ। राष्ट्रिय नेताको रुपमा राजनीतिलाई अगाडि बढाउनका लागि जुन पहलकदमी, दुरदृष्टि देखाउनुभएको छ त्यसको प्रशंसा भएको छ,’ उनले भने, ‘सभापतिले देखाएको बाटो नै मुलुको समुन्नति, समृद्धि, यो मुलुकको अग्रगमनका लागि आवश्यक छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell