PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

माओवादीले कारवाही गरेसँगै पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, ६ महिनापछि के हुन्छ मन्त्री पद?



माओवादीले कारवाही गरेसँगै पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, ६ महिनापछि के हुन्छ मन्त्री पद?

काठमाडौं : नेकपा माओवादी केन्द्रले दल त्याग गरेको भन्दै सांसद पदबाट हटाएका ४ जना मन्त्रीको पुनर्नियुक्ति गरिएको छ।

नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका नेता तथा उद्योग मन्त्री लेखराज भट्ट, उर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले सांसदबाट हटाएको थियो। उनीहरुलाई सांसद नरहने गरि पार्टीले कारवाही गरेपछि उनीहरुको स्वत मन्त्री पदबाट पदमुक्त भएका थिए। आज राष्ट्रपति कार्यालयले एक सूचना जारी गरि चारैजना मन्त्रीको पुनर्नियुक्ति भएको जनाएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेको केन्द्रीय कमिटीको बैठकबाट गृहमन्त्री राम बहादुर थापा सहित ५ जना मन्त्री र २३ जना माओवादीका नेतालाई एमालेमा प्रवेश गराएका थिए। सरकारमा सहभागी ४ जना मन्त्रीको सांसद पद गएसँगै फेरी उनीहरुलाई नै मन्त्रीमण्डलमा निरन्तरता दिनका लागि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले निवास शीतल निवासमा उनीहरुलाई सपथ ग्रहण गराउने तयारी भइरहेको छ।

एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले चारै जनाले आजै सपथ लिने बताए। 'राष्ट्रपति निवासमा आज साँझ ५ वजे सपथ लिने तय भएको छ,' उनले भने।

संविधानको धारा ७८ को उपधारा १ मा सांसद नभएको व्यक्ति पनि मन्त्री हुनसक्ने व्यवस्था भएकाले उनीहरुलाई सपथ खुवाउन लगाइएको हो। तर, संविधान अनुसार उनीहरुको मन्त्री पद ६ महिनाका लागि मात्रै हुनेछ। ६ महिना भित्र सांसद पदमा निर्वाचित नभए प्रतिनिधिसभाको कार्यकाल भरी फेरि मन्त्री हुन अयोग्य हुने पनि संविधानमा व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell